रेड पाण्डाको छाला १ थान सहित ३ जना पक्राउ

310
ललितपुर / ललितपुर महानगरपालिका-१७ ग्वार्कोबाट रेड पाण्डाको छाला १ थान सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जाजरकोट बाँडेकोट नगरपालिका-५ बस्ने २० वर्षीय हेम राज बिक, सोही नगरपालिका-४ बस्ने २० वर्षीय तिलक बस्नेत र नलगाड नगरपालिका-५ बस्ने २३ वर्षीय राजेन्द्र चुनारा रहेका छन् ।  

महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित बीएस क्याफेबाट उनीहरुलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here