देशभक्ति भावना जगाउन राष्ट्रिय यूवा कविता प्रतियोगिता हुने

918

काठमाडौं /  देशभक्ति भावना जगाउनका लागि राष्ट्रिय यूवा कविता प्रतियोगिता आयोजना हुने भएको छ ।  देशका युवा वर्गहरुलाई लक्षित गरी राष्ट्रव्यापी कविता प्रतियोगिता हुने भएको छ ।

न्हुजः खलः को आयोजनामा हुन लागेको प्रतियोगिता आगामी फागुन ११ गते राष्ट्रिय सभा गृहमा हुनेछ ।

प्रतियोगितामा सहभागीता जनाउनका लागि ४० वर्ष नकाटेको नेपाली नागरिकले १ सय ५० शब्दमा नेपाली भाषामा कविता लेखि पठाउनुपर्ने आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतियोगितामा सहभागी हुन देशभरबाट अनलाइनमार्फत् कविता सम्प्रेषण गर्न सकिने छ ।  साे कविता माघ २५ गतेसम्ममा पठाइसक्नुपर्ने छ । छानिएका कविता लेखकलाई आयोजकले सम्पर्क गर्ने अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजार प्रदान गरिने छ भने दोस्रो र तेस्रो हुनेलाई क्रमश: ३० हजार र २० हजार प्रदान गरिने छ । त्यस्तै सान्‍त्वना पुरष्कार दुई जनालाई १०-१० हजार प्रदान गरिने छ ।

कविता प्रतियोगितामा सहभागी हुन www.nhuja.org  लगईन गरी आफ्नो व्यक्तिगत एकाउन्ट बनाई सो मार्फत कविता सम्प्रेषण गर्नुपर्नेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here