विसं २०७१ मा बनाइएको तटबन्ध नजिकै नदीले जग्गा कटानी गरिरहेको छ । तत्काल रोकथामको प्रयास नगरिए तटबन्ध भत्किने खतरा रहेको स्थानीयवासी तारा केसीले बताए ।
रोकथामको प्रयास नगरिए नदी तटीय क्षेत्रमा बसोबास गर्ने २५ परिवार विस्थापन हुने सम्भावना बढेर गएको उनले उल्लेख गरे । चुरे क्षेत्रमा वर्षा हुँदा नदी तटीय क्षेत्रका बासिन्दाले अनिदोमै रात काट्ने गरेकोे स्थानीयवासी टीकादत्त पन्तले बताए ।
भरपर्दो तटबन्धको माग गर्दै आए पनि कुनै निकायबाट हालसम्म सुनवाइ हुन नसकेको उनको भनाइ थियो । विसं २०६५ मा जग्गा कटान भइरहेको क्षेत्रबाटै नदी बस्तीमा पस्दा दर्जनौँ परिवार विस्थापन भएका थिए । बाढीबाट जग्गा कटान भई बेघर भएका व्यक्तिहरु अझै पनि नजिकैका सामुदायिक वन छेउ झोपडी बनाएर बस्दै आएका छन् । रासस


















