– हुकुमबहादुर सिंह
कार्लमाक्र्स–फ्रेडरिक एङ्गेल्सले विश्वप्रशिद्ध घोषणापत्र (१८४८)मा लेखेका छन् –‘बुर्जुवा वर्गको एउटा हिस्सा यसकारण सामाजिक व्यथाहरूलाई हटाउन चाहन्छ ताकि बुर्जुवा समाजलाई यथास्थितिमा राख्न सकियोस ।’
कार्लमाक्र्स–फ्रेडरिक एङ्गेल्सले आजभन्दा करिब १७२ बर्ष पहिले भनेको एनजीओ, आइएनजीओबारेको यो यथार्थता नेपालमा अहिले बुर्जुवा वर्ग मात्रै नभई, वामपन्थको खोलभित्रको अर्को ठूलो हिस्सा ‘कम्युनिष्ट’ पनि नेपालबाट सामाजिक व्यथाहरूलाई हटाउन ‘कम्मर कसेर’ यसकारणले लागेका छन् ताकि त्यसबाट आउने ठूलो धन राशीलाई आफ्नो व्यक्तिगत पद,प्रतिष्ठा तथा पारीवारीक हीतको लागि उपयोग गर्न सकियोस । र साथै बुर्जुवा समाजमा क्रान्तिकारी परिवर्तन ल्याउन खोज्ने अन्य क्रान्तिकारी कम्युष्टिहरूलाई सुस्तसुस्त सुधारवाद र विकासवादमा ढाल्न सकियोस ।
कार्लमाक्र्स–फ्रेडरिक एंगेल्सको समयका एनजीओ, आइएनजीओहरूको उद्देश्य र अहिलेका नेपालमा सञ्चालित एनजीओ, आइएनजीओहरूको उद्देश्यमा रूपमा अनेक भिन्नता देखिएता पनि सारमा एउटै हो–साम्राज्यवादको जालोलाई नेपालका हरेक तह र तप्कामा विस्तार गर्ने । किनभने अहिलेका नेपालका एनजीओहरूमा वामपन्थीहरूको संलग्नतामा अत्यधिक वृद्धि हुँदै गएको छ । त्यसैले उनीहरू रूपमा क्रान्तिकारी तथा प्रगतिशील हुन्छन् तर सारमा बुर्जुवा समाजलाई यथास्थितिमा राख्दै विकास, मानव अधिकार, लोक कल्याणकारी कामको लागि आउने ठूलो धन राशीलाई आफ्नो व्यक्तिगत पद प्रतिष्ठा तथा पारीवारीक हीतको लागि उपयोग गर्नेमा नै जोड रहने गरेको छ । यसो गरेर नेपालका ती कम्युनिष्टहरूले आफूलाई सँगसँगै क्रान्तिकारी तथा प्रगतिशील पनि भइने र जनताको लागि विकासे दाता पनि भइरहन सकियोस भन्ने चाहन्छन् ।
कार्लमाक्र्स–फ्रेडरिक एंगेल्सले भनेका यस्तै बुर्जुवा र तथाकथित सर्वहारा वर्गका मुक्तिदाँता प्रध्यापक, इन्जीनियर,डाक्टर, वकिल, अर्थशास्त्री, समाजशास्त्री, परोपकारी, मानवतावादी, श्रमजीवी वर्गको स्थितिमा सुधार गर्ने सुधारक, गरिब, दुःखीका सहायताकर्मी, पशु निर्दयता निवारण समाजका सदस्य, मादक पदार्थ निषेधका हिमायती आदि हरेक कल्पनीय प्रकारका अज्ञात सुधारकहरूले अहिले भिक्षाको झोली थापेर दातृ संस्थाका द्धारका सामु भिक्षाटनका लागि बसिरहेका देखिन्छन् ।
कार्लमाक्र्स–फ्रेडरिक एंगेल्सको समयमा बुर्जुवा वर्गको एउटा हिस्साको त्यसमा सहभागिता थियो भने आज सर्वहारा वर्गको लागि काम गर्ने र माक्र्सवादका नेता तथा कार्यकर्ता जसले क्रान्ति र परिवर्तनका राम्रा राम्रा र तात्ताता गफ गर्ने प्रध्यापक, इन्जीनियर,डाक्टर, वकिल, अर्थशास्त्री, समाजशास्त्रीहरू मात्रै नभई स्वयम पार्टीका नेता तथा कार्यकर्ता नै भिक्षाको भाँडो(प्रस्तावनाहरू) हातमा बोकेर आइएनजिओ र एनजीओको ढोका ढोकामा चियाउँदै हिंडेको देख्न पाइन्छ । १८४८मा बुर्जुवा वर्गको एउटा हिस्सा मात्रै त्यसमा संलग्न थियो भने अहिले त यसको जालो माक्र्सवादी नामका अनेक हिस्सा एनजिओ र आइएनजिओ रूपी माकुराको जालोमा फसेका छन् । यसरी स्वयमसेवी सङ्गठएवं दातृ सङ्गठनहरूको विश्वव्यापी जालोको यो घेराबाट नेपाल पनि नराम्ररी घेरिदै गएको छ । र नेपाल जस्ता तेस्रो विश्वका मुलुकहरूमा गैर सरकारी सङ्गठ(गैसंस– एनजिओ)ले विकास र जनकल्याणकारी काम गर्ने भन्दै स्वयमसेवी सङ्गठतथाकथित ‘मुनाफारहित तेस्रो क्षेत्र’का रूपमा एउटा भूमण्डलीय माँकुराको जालो जस्तै फैलिएका छन् ।
एनजीओहरू भनेका साम्राज्यवादी पुँजीका नोकर चाकर हुन । करीब करीब सबै एनजीओहरू साम्राज्यवादीहरूका अदृश्य हातद्धारा निर्देशित हुन्छन, जसले उनीहरूको रणनीतिक लक्ष्यहरूसित मिल्ने गरी आर्थिक सहयोग दिने गर्दछन् । विकास, सामाजिक न्याय, मानव अधिकार, जनताको तल्लो तहको(ग्रासरूट) लोकतन्त्र आदिका नाममा एनजीओहरूको कन्तुरभित्र बिशाल आर्थिक सहयोग खनाइदिन्छन । वितेका दशकहरूमा विश्व बैंक र अन्य संयुक्त राष्ट्रसंघसित सम्वन्धीत एजेन्सीहरूले जोड दिंदै आएका छन् कि विकासउन्मुख तथा गरीब देशहरूका जनतालाई दिइने आर्थिक सहयोग एनजीओहरूमार्फत अथवा त्यसैगरी विभिन्न सरकारहरूमार्फत उपयोगमा ल्याइनुपर्छ । यस्तो बिशाल आर्थिक सहयोग उनीहरूको निर्णयमा परिचालित गरिने भएपछि एनजीओहरूले जनताबाट पुरै सम्वन्ध विच्छेद गरेका हुनेखाने वर्ग(एलाइटवादी)हरूको रूपमा काम गर्दछन् । यद्यपि तिनीहरूले आफूहरूलाई जनताका लागि दाताका रूपमा प्रस्तुत गर्ने कोशिस भनि गर्दछन् । यो अनुमान गरिएको छ कि मुस्किलले छुटयाइएको आर्थिक सहयोग रकमको १०देखि १५ प्रतिशत मात्र अति आवश्यक जनतासम्म पुग्छ, जवकि यसको अत्यधिक भाग एनजीओ स्थापनाका लागि आवश्यक मर्मत सुधारको काममा खर्च गरिन्छ र तथाकथित स्वयमसेवकहरूको दैनिक खर्चमा खर्च गरिन्छ ।
माक्र्सवादीहरूका लागि गैर सरकारी संस्था(एनजीओ) भन्ने शब्द वास्तवमा एउटा बदनाम भएको शब्द हो । गैर सरकारी संस्थाहरू विभिन्न साम्राज्यवादी एजेन्सिहरू, साम्राज्यवादी सरकारहरू र दलाल शासकद्धारा आर्थिक सहयोग प्राप्त गरिएका र उनीहरूद्धारा निर्देशित हुन्छन । तिनीहरूले जनता र सरकारहरू बीच एउटा सम्पर्काधिकारीका रूपमा काम गर्दछन् । तिनीहरू त्यस्तो साधन हुन जसमार्फत शोषकहरूले ‘नागरिक समाज’का विचारहरूमाथि प्रभाव पार्न खोज्दछन ।
कार्लमाक्र्स–फ्रेडरिक एंगेल्सले आजभन्दा करिब १७२बर्ष पहिले भनेको यो यथार्थता नेपालमा अहिले बुर्जुवा वर्ग मात्रै नभई र स्वयम कार्लमाक्र्स–फ्रेडरिक एंगेल्सका अनुयायी हौ भन्नेहरू नै एनजीओ, आइएनजीओहरूले फैलाएको माकुराको जालोमा फस्दै जाने हो भने यसले नेपालको समग्र कम्युनिष्ट आन्दोलनलाई नै वदनाम गराउने निस्चित छ । – जनधारणा साप्ताहिक


















