बहुमुखी प्रतिभाशाली महर्जनको ‘स्माइल ड्रिम’ लोकार्पण

203

काठमाडौं / बहुमुखी प्रतिभाशाली व्यक्तित्व सुरेन्द्र महर्जन ‘अमर’ कोे ‘स्माइल ड्रिम’ लोकार्पण भएकाे छ ।

कथा, कविता, गीत, हाइकु, तान्का, मुक्तक, उपन्यासलगायत साहित्यका विविध विधामा कलम चलाउँदै आएका सुरेन्द्र महर्जन ‘अमर’कोे पछिल्लो २३औं कृतिका रुपमा एवम् चौथो उपन्यास ‘स्माइल ड्रिम’ लोकार्पण भएको छ । करिव तीन दशकभन्दा बढी समयदेखि साहित्य क्षेत्रमा समर्पित रहेका ‘अमर’कोे उपन्यास ‘स्माइल ड्रिम’लाई विहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको हो ।

बरिष्ठ सहित्यकार भुपाल राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सञ्चारकर्मी तुलसी गिरी ‘भावुक’, चलचित्र पत्रकार सङ्घ उपाध्यक्ष गीता अधिकारी, पत्रकार श्रीविलास दाहाल, सङ्गीतकार सन्तोष श्रेष्ठ, समालोचक डा। धनप्रसाद सुवेदी, ओ एस नेपालका विवेक कार्की, सर्जक सुरेन्द्र महर्जन ‘अमर’लगायतले उपन्यास ‘स्माइल ड्रिम’ लोकर्पण गरेका थिए । कार्यक्रमक्रमा स्माइल ड्रिमको अडियो पनि एकै साथ विमोचन गरिएको थियो । अडियो उद्घोषण राधिका घिमिरेले गरेकी छन् ।

ओएस नेपालको आयोजनामा भएको लोकार्पण कार्यक्रममा अतिथिहरुले सरल भाषामा लेखिएको उपन्यास पठनिय रहेको भन्दै सर्जक सुरेन्द्र महर्जन ‘अमर’लाई नयाँ कृतिका लागि बधाई तथा शुभकामना दिएका थिए भने समालोचक डा। धनप्रसाद सुवेदीले उपन्यासको समालोचना गरेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले गरेका थिए । उपन्यासलाई राईजिङ्ग क्रियटिभ मिडिया प्रा.लि. भक्तपुरले प्रकाशन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here