पर्सा – १७ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा पोखरीया नगरपालिका—५ बस्ने ३६ वर्षीय राम बिनय साह रौनियारलाई आज मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
गत शुक्रबार दिउँसो ती किशोरीलाई रौनियारले जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।


















