ओली नेतृत्वको सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दुरुपयोग गरेको कांग्रेसको आरोप

119

काठमाडौं / नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नै दुरुपयोग गरेको आरोप लगाएका छन् ।

बिहीबार कांग्रेसले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर  बालुवाटार जग्गा घोटाला प्रकरणमा विशेष अदालतमा मुद्दा दायर भएको टिप्पणी गर्दै  केही जिम्मेमवार व्यक्तिलाई उन्मुक्ति दिएर मुद्दा दायर नगर्नुपर्ने व्यक्तिलाई चाहिँ पूर्वाग्रही ढंगले मुद्दा दायर गर्ने काम भएको कांग्रेसको आरोप छ ।

दुई पूर्वप्रधानमन्त्रीहरु माधव कुमार नेपाल र डा बाबुराम भट्टराई तथा नेकपा महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिएर आफ्ना पार्टी उपसभापति विजय कुमार गच्छदारलाई मात्रै पूर्वाग्रही ढंगले मुद्दा दायर गरेको आरोप लगाएको हो ।

कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले पूर्वाग्रही ढंगले मुद्दा दायर भएपनि गच्छदारले कानुनी र राजनीतिक रुपमा सामना गर्ने जनाउँदै  विधि र प्रक्रिया मिचेर मुद्दा दायर भएपनि का्रंग्रेस  विधि र प्रक्रियामा विश्वास राख्ने पार्टी भएकाले सोही अनुसार अघि बढ्ने स्पष्ट पारे ।

उनले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको नाम समेत बालु्वाटार जग्गा घोटालामा चर्चामा आएपनि किन मुद्दा चलाइएन भन्दै आक्रोश पोखे ।

उनले नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनको नाममा रहेको जग्गा फिर्ता दिने सर्तमा मुद्दा नचलाइएको भनिनु आश्चर्यजनक भएको  जनाउँदै जग्गा फिर्ता गरेर मुद्दा नचलाउने भन्ने विश्वमै नभएको नजिर नेपालमा स्थापना भएको समेत जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here