काठमाडौं / राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखा सामाखुशीमा संचालित १३औं समूहको विपद् व्यवस्थापन आधारभूत तालिम बिहीबार समापन भएको छ ।
तालिम समापनका अवसरमा सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बिक्रम बहादुर चन्दले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो ।
सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक चन्दले विपद्मा परेका बेला उद्दार गर्नु नै जीवनको ठूलो धर्म हुने बताउँदै तालिममा प्राप्त भएका ज्ञान, व्यवसायिकता र दक्षतालाई पूर्णरुपमा लागू गरी पीडितको उद्दार गर्न सकेमा तालिमको अझ महत्त्व रहने जनाउनुभयो ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक चित्र बहादुर भट्टराईले स्वागत मन्तव्य तथा तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत पुस १ गतेदेखि संचालित ४५ दिन कार्यवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक २, प्रहरी हवल्दार ३ र प्रहरी जवान २५ गरी जम्मा ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी गराउनुभयो ।


















