करोड भन्दा बढी सुन सहित तिन भारतीय पक्राउ

207

काठमाडौं /  ललितपुरको पुल्चोक क्षेत्रमा रहेको एक सुन पसलबाट लुटेको एक करोड बराबरको सुनसहित तीन भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुरज पोदार, रंजन पोदार र रबिन पोदार रहेका छन् ।

उनीहरुले ललितपुर महानगरपालिका वडा नं. २० श्रीबहाल स्थित राजेन्द्र शाक्यको शाक्य ज्यासल (सुनचाँदी) पसलबाट गत माघ २१ गते बिहान करिब ३ बजे तिर ९३.३० तोला सुन तथा २६५ तोला चाँदीका गरगहना सहितको फलामको सेफ चोरी गरेका थिए ।

महानगरीय प्रहरी प्रभाग पुल्चोक र अपराध महाशाखा ललितपुरको टोलीले उनीहरूलाई सतुंगल र थानकोटबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरका सह-प्रबक्ता डिएसपी सन्तोष तामाङ्गका अनुसार साताअघि रातको समयमा पसल फोडेर ‘सेफ’ चोरी भएको थियो र घटनास्थलमा प्राप्त सिसिटिभी फुटेजमा देखिएका व्यक्तिहरुलाई खोजतलास गर्ने क्रममा तिन जना भारतीय पक्राउ परेका हुन् ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here