कोरोनाबाट शेखर कोइरालाका दाजुको निधन

125

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको निधन भएको छ ।

पछिल्लो सयम भारतको नयाँदिल्लीमा व्यवसाय गरेर बस्दै आएका कोइरालाको कोरोना संक्रमणका कारण निधन भएको हो । केशव कोइराला र नोना कोइरालाका जेठा छोरा निरञ्जन कोइराला नेपालका प्रतिष्ठित पर्यटन व्यवसायीका रुपमा चिनिन्छन् ।

‘अलबिदा निरु दा’ भन्दै फेसबुकमा शोक प्रकट गरेका डा. शेखर कोइरालाले “कोभिड संक्रमण देखिएपछि भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा एक महिनादेखि उपचाररत् निरञ्जन कोइराला (निरु दा) को आज २०७७ पौष १९ गते बिहान ११ बजे निधन भएको” जानकारी दिएका छन् ।

“केशव कोइराला र नोना कोइरालाका सुपुत्र निरञ्जन डा. शेखर कोइरालाका दाजु हुनुहुन्छ,” डा. शेखरको सचिवालयले भनेको छ, “निरंकुश पञ्चायती शासनका विरुद्ध प्रजातान्त्रिक आन्दोलन र राजनीतिमा सक्रिय निरञ्जन कोइराला नेपालका पुराना र प्रतिष्ठित पर्यटन व्यवसायीसमेत हुनुहुन्थ्यो ।”
तत्कालीन पर्यटनमन्त्री रामहरी जोशीको विज्ञ सल्लाहकारको रुपमा समेत काम गरेका निरञ्जन पछिल्लो समय भारतको दिल्लीमा व्यवसाय गरेर बस्दै आएका थिए ।

निरञ्जन अस्पताल भर्ना भएको समाचारपछि डा. शेखर दाजुर्लाइ भेट्न एक महिनाअघि नयाँदिल्ली पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here