कास्की – प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओली प्रदेशस्तरीय कार्यकर्ता भेलामा पोखरामा पुगेका ओलीलाई कालो झण्डा देखाउन खोज्ने चारजना विद्यार्थी नेताहरु पक्राउ परेका छन्।
सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिसन मागेको अडियो सुनेर पनि बेवास्ता गरेको आरोप समाजवादी विद्यार्थी युनियनले लगाएका छन्। विरोधस्वरुप नाराबाजी गर्ने र कालोझण्डा देखाउन खोज्ने उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिमल्सिना र प्रवास भट्टराई रहेका छन्। उनीहरु त्यहाँ कालो झण्डा देखाउने तयारी गरिरहेको बेला पक्राउ गरिएको हो।
त्यसैगरि यती कम्पनीलाई सरकारी जग्गा कौडीको भाउमा लिजमा दिएकोमा विरोधस्वरुप नाराबाजी गर्दै गरेका विद्यार्थी नेताहरुलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा समाजवादी विद्यार्थी युनियनका विद्यार्थी नेताहरु छन्। उनीहरुलाई पोखराको सभागृह नजिकैबाट पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा, रेशम सापकोटालगायत रहेको प्रहरीले जनाएको छ। ओली नेकपा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पोखरा आएका छन्।


















