सेनाले सुपथ मूल्य पसल सञ्चालनमा ल्यायाे

401

काठमाडौं – नेपाली सेनाले सुपथ मूल्य पसल सञ्चालन गरेको छ ।  सैनिक कल्याणकारी योजना निर्देशनालयले काठमाडौंस्थित त्रिपुरेश्वरमा सहुलियत सुपथ पसल सञ्चालन गरेको हो ।

पसलको प्रधानसेनापति पूर्णचन्द्र थापाले आइतबार उद्घाटन गरेका छन्।  उक्त पसलमा दैनिक अत्यावश्यक खाद्य सामग्रीदेखि जुत्ता, चप्पल, इलेक्ट्रोनिक र खेलकुद सामग्रीसमेत राखिएको छ । सुपथ मूल्य पसलमा  बजार मूल्यभन्दा सस्तोमा दैनिक उपभोग्य सामग्री विक्री वितरण हुँदै आएको छ ।

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार पसलबाट वहालवाला तथा अवकाश प्राप्त सैनिकसहित उनीहरुका आश्रित परिवारले सेवा पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here