जुत्ता प्रहार गर्ने युवालाई ७ दिन हिरासतमा राख्न अनुमति

210

काठमाडौं – नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ जुत्ता प्रहार  गर्ने रतन तिरुवालाई ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अभद्र व्यवहार सम्बन्धी कसुर गरेको अभियोगमा उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

आइतबार दिउँसो काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सम्बोधन गरेर सिटमा फर्किने क्रममा प्रचण्डमाथि जुत्ता प्रहार भएको थियो ।

जुत्ता प्रहार गर्ने रतनलाई सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिएको थियो।  प्रहरीलाई बयान दिँदै तिरूवाले प्रचण्डले वर्ग संघर्षबारे दिएको भाषणमा चित्त नबुझेपछि आवेशमा आएर जुत्ता हानेको भनेका छन् ।

घटनाको छानविनका लागि ३ सदस्यकाे  छानबिन समिति गठन  गरिएकाे छ ।  प्रहरीले अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुलबहादुर थापाको नेतृत्वमा सदस्यीय समिति  गठन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here