ओलम्पिक छनोटमा सनिल शाहीको जित

108

काठमाडौं – जोर्डनको अम्बानमा भइरहेको २०२० एसिया एन्ड ओसिएना बक्सिङ ओलम्पिक छनोट प्रतियोगितामा नेपालका सनिल शाहीले पहिलो खेलमा जित हात  हासिल गरेका छन् । कोरोनाभाइरसका कारण छनोट प्रतियोगिता चीनबाट सारेर जोर्डनमा संचालन गरिएको हो।

पुरुष लाइटवेट ६३ केजी तौल समूहमा पहिलो चरणको खेलमा सनिलले कीर्गिस्तानका खेलाडी अर्गेन उलुलाई ५-० ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेका हुन्।

अब उनले अन्तिम १६ को खेलमा ताजकिस्तानका बखोदुर उसमोनोभसँग खेल्नेछन् । आगामी जुनमा जापानमा हुने ओलम्पिकमा छनोट हुनका लागि शाहीले शीर्ष ६ खेलाडीमा पर्नु पर्नेछ। शाहीले १३औं सागमा स्वर्ण जितेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here