यहाँ समन्वयको अर्थ के त ? किन आफ्नो अधिकार क्षेत्रभित्र स्वीकृति आवश्यकता भएन् ? स्वीकृति लिनुपर्छ दिनुपर्छ भन्ने सामान्य कुराबाट दुबै कीर्तिपुर नगरपालिका र उपत्यका खानेपानी व्यवस्थापन बोर्ड पन्छिनु आफैमा शंकाको विषय बनेको छ । उपत्यका खानेपानी व्यवस्थापन बोर्डको अफिसको भित्ता भित्तामा लेखिएको छ कि” हामी घुस खान्न पनि, खुवाउँदिनौ पनि” तर अनुमति स्वीकृति वेगर कहिं कुनै ठाउँमा हस्तक्षेप गरे सरह भौतिक संरचनामा पुन: निर्माण भन्दै शिलान्यास गर्ने कार्यक्रम गर्नु र सम्पदामा सौन्दर्यकरण गर्ने आफैमा एक भ्रष्टाचार गर्नु हो, कहिले बुझ्ने हुन् ? अर्को समाजलाई पन्छाएर कुनै भौतिक निर्माण अझ भनौं पहिचान बोकिएको सम्पदामा कंक्रीट र डण्डी लगायत सिमेन्टको मात्र प्रयोग गरेर निर्माण थालिनु कतिको जायज कार्य हुन् ? यति न्यून कुरामा पनि विचार गएनन् भने यहाँ भ्रष्टाचारको अर्को परिभाषा सोच्नुपर्ने हुन्छ । अत: सम्पदामा सौन्दर्यकरण मेरो आपत्ति हो । त्यो आपत्ति भ्रष्टाचार नै हो । सम्पदा मास्न पाईदैन् भ्रष्टाचार गर्न पाईदैन् ।
सम्पदामा सौन्दर्यकरण किन ?
प्रशान्त महासागर
कसैले भनेको म बुझ्नुपर्छ मान्नुपर्छ सत्ता र शक्ति कहिले बुझ्ने हो ? प्रश्नमा अलिक मिलेको जवाफ मलाई यहि लाग्यो र मैले प्रस्तुत गरें :
जीवन पाउनु भाग्यको खेल हो
मृत्यु पाउनु समयको मेल हो
मृत्युपछी पनि जीवन पाउनु सत्कर्मको फल हो । आज त्यो सत्कर्म कसको कहाँ बिलाए ? पुन: प्रश्नसँग थप अरु प्रश्नहरूले मलाई बेरेको छ । मलाई त्यो बेर्ने तत्व स्वार्थ, लोभ, अवसर लगायत ईर्ष्या लागेको छ । आफ्नो दुनो सिधा पार्न कोहि मौन बसे कसैले सैद्धान्तिक मञ्जुरी दिए । कसैले व्यक्तिगत लाञ्छनाको विचार गरे । र कोहि कोहि त्यसबाट फाइदा चुस्न पल्के जुन मनुष्य जीवन जन्म जस्लाई भाग्य कसैले भनिएको थियो त्यो अभिषापित भाग्य हुनुपर्छ । मृत्यु लोभको यातना त्यस्तोमा सिद्ध हुन्छ किनभने मृत्यु पश्चात् पनि इच्छा छ्ट्पटिएका छन् ।
मृत्यु कष्टबाट मुक्त बिर्सी थुपारेका सम्पत्तिमा तड्पिन पुग्छन् । त्यस्ताको लागि कर्म संगत जीवनको अस्तित्व बुझ्ने चेतना हुन्न । हामी त्यस्ता चेतनाबाट अलग हुनुपर्छ । एक छाकको लागि त्यस्तो मृत्युयुक्त जीवन चाहिएन् । एक सर्को आङ छोप्न पनि त्यस्तो आवश्यक छैन् । अर्को नेवा: जात आफैमा सम्पन्न समृद्ध छन् । उसको बोलीमा हरि हुन्छ । व्यवहारमा सुख र शान्ति हुन्छन् । सबै प्राणीको निम्ति नेवा: सभ्यता सत्यताको निष्ठाको उदाहरण हुन् । यी र ती कुरा आज सिद्धान्तले गुलाम बनाए । फलतः मुहान संरक्षण एवम् स्रोत तथा सम्पदा बचाउ अभियान उद्देश्य अनुरुप राखिएको बजेट सौर्न्दर्यकरण गर्नमा सत्ताले निर्ममतापुर्वक किन खर्च गर्दैछ्न् ? के मभिं पोखरी पुन: निर्माण भनिएको शिर्षकमा २६९ लाख बजेट आवश्यक छ ? कतै झिल्के सेतो टावर भन्दा के भन्न झिल्के पोखरी बनाउने नौलो अभ्यास त भै रहेको छैन् कीर्तिपुरमा ? कीर्तिपुरका जनता आज टुलुटुलु हेर्न के कारण बाध्य छन् ? किन सम्पदामाथिको प्रहार सौन्दर्यकरणले गर्दैछन् ? मौनताले संस्कार मास्न दिई किन कीर्तिपुरका जनता मुस्कुराई रहेका छन् ? पुन: प्रश्नहरू जन्मिएका छन् ।
आज मभिं पोखरीलाई जीवन दिने प्रयास भई रहदा त्यसमा सत्कर्म छन् र ? के त्यो बाँच्ने अवस्थामा पर्यावरण छन् र ? समाजमा त्यसको उपस्थितिले कालान्तरमा के सन्देश प्रवाह हुन्छन् ? त्यस्तो कुरा सोधखोज हाम्रो दायित्व हामीले किन बोध नगर्ने ? “हिजो गर्न हुने आज किन गर्न नहुने” विचार यो आफुमा जन्मिन सक्छ । त्यो जन्मिएको कुरा विचार जीवनको लागि गलत छ । जीवन कहिले पनि सहजताको लागि आत्महत्या गर्दैनन्, गर्नुहुन्न बुझ्छ । हामी मनुष्य जीवनलाई लास सम्झी बोकि हिड्ने प्राणी होईनौं । हामीले कहिले पनि गलतलाई जीवन दिने वा उदाहरणको लागि कुनैको प्रयोग गर्नुहुन्न किनभने हामी मनुष्य हौं । आफुले गरेको गलतको चित्र गुप्त राखेर बाँच्नुहुन्न त्यसले पोल्छ हामीलाई थाहा छ । अत: त्यस्ता कुरा छोडी अघि वामे सर्नुपर्छ । जीवन त्यही हो । त्यस्ता जीवनमा पाप हुन्न ज्ञान बुद्धि आफु शुद्ध हुने विचार हुन्छन् हामी त्यस्कै लागि हुन् ।
हिजो मभिं पुखू बन्न कीर्तिपुर नगरपालिकाबाट ७२ लाख विनियोजित भएको थियो । आज उपत्यका खानेपानी व्यवस्थापन बोर्डले २६९ लाख बजेट राखिएको छ । विगतमा भन्दा वर्तमान ४ गुणा विनियोजित भएको सम्पत्ति मुहान संरक्षण एवम् सम्पदा तथा पर्यावरणले यथास्थिति हासिल गर्न सकियोस् सायद उद्देश्य त्यही हुनुपर्छ । बन्नुपर्छ शुरूवात देखिको धारण सबैको एउटै हो पहिचान मासिनु भएन् पुन: निर्माण नियम विपरीत वजुद मेटिने खालको संरचना बन्नु भएन् । स्थानीय पुरातत्वविदहरुको सल्लाहमा बनोस् इच्छा जाहेरी रहेको पोखरी मनपरी सौन्दर्यकरण गर्न हुन्न भन्ने भावना लत्याउनु आफैमा लाज लाग्नु पर्ने कुरा हो । अर्को स्थानीय सरकार समन्वय मात्र भनिएको छ ।
अन्तमा, पुन:निर्माण भनिएको जस्को आकार पुर्णतया निर्धारित भई सकेको ठाउँमा जहाँ विगतमा ७२ लाखले बन्ने भनिएको क्षेत्रमा विगतको भन्दा ४ गुणा बजेट सहयोग लिई सौन्दर्यकरण नियतले पहिचानयुक्त सम्पदा क्षेत्र नष्ट गर्नुहुन्न । विचार होस् । ७२ लाखमा यस्तो बन्न लागेको थियो जस्मा पहिचान सम्पदा मास्नुहुन्न आवाज बुलन्द भएको थियो ।




















