सवारीको नम्बर प्लेट स्पष्ट नभएमा प्रहरीको कारवाहीमा परिएला

281

फाल्गुन – महानगरीय ट्राफिक प्रहरी महशाखाले सवारी साधनमा नम्बर प्लेट नराखेको, स्पष्ट नभएको केरमेट भएको, खुईलिएको, नम्बर प्लेटको टप बङ्ग्याएको र मोटर सेफ गार्ड राखी नम्बर प्लेट ढाकिएका सवारीहरूलाई विशेष कारवाही
अभियानमार्फत कारवाही थालेको छ ।

यसरी नम्बर प्लेट नराखेको र स्पष्ट नभएको १७० वटा सवारी र मोटरगार्ड राखि नम्बर प्लेट ढाकिएका २६ सवारीहरूलाई कारवाहीमा गरेको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाल जानकारी दिनुभयो ।

ट्राफिक नियम उल्लङ्घन गरि हिड्ने, दुर्घटना गरि फरार हुने, अपराधिक क्रियाकलापमा संलग्न हुने जस्ता क्रियाकलापहरूलाई रोक्न नै यस अभियान थालिएको महाशाखाका प्रमुख ढकालले जनाए ।

ती सवारी चालकहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ मा नम्बर प्लेट नराखी चलाएमा ट्राफिक प्रहरीले तत्काल ५०० देखि १५०० रूपैँयासम्म जरिवाना गर्ने व्यवस्था रहेको कुरा महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here