कोरोनाको संक्रमणबाट बच्ने उपायहरू

95

एजेन्सी – कोरोना भाइरसको संक्रमण  हाल सम्म संसारका ७० भन्दा बढी देशमा फैलिएको छ ।  सबैभन्दा बढी संक्रमित  झण्डै एक लाख मानिस मध्ये अधिकांश चीनका रहेका छन् ।

यस्तै मृत्यु भएका ३२ सय भन्दा बढी मध्ये पनि अधिकांश चीनकै छन् । तर पछिल्लो समय युरोपको इटालीमा महामारीकै रुपमै फैलिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई पनि कोरोना भाइरसको संक्रमणको उच्च जोखिम रहेको देशको सूचिमा राखेको छ ।

अधिकांशमा कोरोना भाइरसले त्रासको अवस्था सिर्जना गरेको छ । मास्कको अभाव हुन थालेको छ । मानिसहरुले मास्कसहितका सामग्रीहरु जोहो गरेर राख्न थालेका छन् । कोरोनाबाट जोगिने भन्दै विभिन्न उपायहरु अपनाउने गरेका छन् । तर ती उपायहरु उपयुक्त नहुन सक्छन् ।

यसाे गर्ने

  • विभिन्न काम गरेपछि साबुन–पानी प्रयोग गरी कम्तिमा २० सेकेण्ड लगाएर हात धुने वा ६० प्रतिशत अल्कोहल युक्त ह्याण्ड सेनिटाइजरको प्रयोग गरी हात सफा गर्ने ।
  • विशेष गरी खाना बनाउनुअघि, बाथरुम या ट्वाइलेट गएपछि तथा सिगान फालेपछि, खोकेपछि र हाछ्यूँ गरेपछि हात सफा गर्नु पर्छ ।
  • कोरोना भाइरसको संक्रमणपछि देखिने लक्षणहरू ज्वरो आउने, खोकी लाग्ने, स्वास फेर्न गाह्रो हुने बारे जानकारी लिनु पर्छ ।
  • सार्वजनिक स्थल जानु पूर्व सावधानी अपनाउने गर्नु पर्छ । विशेष गरी ६० वर्ष भन्दा माथिका वा गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरुले सार्वजनिक स्थलको यात्रा सकेसम्म कम गर्नु पर्छ ।
  • खोक्दा वा हाछ्यूँ गर्दा मुख छोप्नु पर्छ । खोक्दा वा हाछ्यूँ गर्दा प्रयोग गरेको टिस्यू पेपर डिस्पोज गर्नु पर्छ ।
  • आफूमा भाइरस भएको वा भाइरसको संक्रमण भएको स्थानमा जाँदै हुनुहुन्छ भने मास्क प्रयोग गर्नु पर्छ । मास्क पनि सही तरिकाले लाउनु पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here