चट्याङ लागेर एकको मृत्यु

119

हेटौंडा – वर्षासँगै परेको चट्याङ लागेर शनिबार बिहान भिमफेदी गाउँपालिका–९ मा एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । चट्याङले च्याउखोलाका २३ वर्षीय विजय स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्कीले जानकारी दिनुभयो । गम्भीर घाइते भएका विजयको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जनाइएको छ । त्यसैगरी विजयीकी श्रीमती २२ वर्षीया सविता घाइते भएकी छन् । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here