बैतडीको पाटनमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, ६ जना घाइते

160

बैतडी –  धनगढीबाट दार्चुला जाँदै गरेको ‘अनटेष्ट १२५७ नं’को जिप दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। अन्य छ घाइते भएका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जनाए ।

उक्त राजमार्ग अन्तर्गत पाटन नगरपालिका–६ पनतोलीमा सो जिप आज  बिहान सडकबाट २५० मिटर तल खसेर दुर्घटना परेको थियो। मृत्यु हुनेमा दार्चुलाको दुहु गाउँपालिकाका ३५ वर्षीय धनसिंह बडाल र घाइते हुनेमा दार्चुला दुहु–४ कै २३ वर्षीय सुरेन्द्र बम, ३८ वर्षीय हरकसिंह बडाल, ४१ वर्षीय प्रेमबल्लब जोशी, ४१ वर्षीय धनराज जोशी, २० वर्षीय हेमन्ती बम र २२ वर्षीया द्रोपती जोशी रहेका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुलेको छैन। घाइतेको जिल्लामा उपचार हुन नसक्दा अन्यत्र सिफारिशको तयारी भएको जनाइएको छ।

रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here