नेपालमा कोरोनाको सङ्क्रमण फैलिंदैन : चिनियाँ राजदूत यान्छी

215

काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालमा कोरोना भाइरसको सङ्क्रमण नफैलिने विश्वास व्यक्त गर्नुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र यान्छीबीच भेटवार्ता भएको छ। भेटमा कोरोना भाइरसको सङ्क्रमणले ल्याएको समस्या, यसको नियन्त्रण, रोकथाम उपाय र पूर्वतयारीको बारेमा कुराकानी भएको थियो।

आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको भेटमा राजदूत यान्छीले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि चीनको अनुभवबारे जनाइन्।

राजदूत यान्छीले कोरोना भाइरसको सङ्क्रमणबाट पीडित भएका ८० हजार ९०० बिरामीमध्ये ५९ हजार चिनियाँ नागरिक उपचारपछि घर फर्किएको जानकारी दिइन्।

राजदूत  गर्दै नेपालमा समस्या भए नियन्त्रणका लागि चीनको पूरा सहयोग रहने बताइन्। उनले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न नेपालले अपनाएको पूर्वसतर्कता र तयारीको प्रशंसासमेत व्यक्त गरिन्।

भेटमा मन्त्री भट्टराईले कोरोना भाइरसको समस्याबाट चीन चाँडै मुक्त हुन लागेको भन्दै खुशी व्यक्त गरे। उनले कोरोना भाइरसको सङ्क्रमण रोकथामको लागि नेपालले सबै तयारी गरिरहेको जानकारी दिए।

अन्तर्राष्ट्रिय विमानस्थलमा जाँच, अस्पतालहरूमा बेडको व्यवस्थापन, आवश्यक क्‍वारेन्टाइनको व्यवस्थालगायतका विषयमा सरकारले गरिरहेको तयारीको विषयमा मन्त्री भट्टराईले जानकारी दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here