सन् २०१७को अन्त्यतिरबाट एक नयाँ ऐतिहासिक यात्राको बाटोमा चीनको विकास लम्किरहेको छ । चिनियाँ अर्थतन्त्र द्रुतगति बृद्धिको एक चरणबाट उच्च गुणस्तरीय विकासको चरणमा संक्रमण गरिरहेको छ । कम्युनिस्ट पार्टीको १९औं राष्ट्रिय कांग्रेसमा सीले उल्लेख गरे ।
विभिन्न किसिमका जोखिमलाई रोक्न तथा निस्क्रिय गर्न र बाह्य परिवर्तनहरूबाट ल्याइएका चुनौतीहरूलाई सक्रियतापूर्वक सम्बोधन गर्न ,चीनले आफ्ना विषयहरू र विकासको गुणस्तरमा सुधार ल्याइरहने विषयमा ध्यान दिनुपर्ने आवश्यकता रहेको सीले बताएका छन ।
विकास, नवपर्वतनका विस्तार, समन्वयित हरित, खुला तथा साझ विकासबारे उनको नयाँ दृष्टिले चीनलाई मात्रै नभइ समग्र विश्वलाई फाइदा पुग्ने विषय व्यापकरूपमा विश्वास गरिन्छ ।
जनवरीमा सम्पन्न वल्र्ड इकोनोमिक फोरमको भर्चुल इभेन्टमा उनले आफ्नो सम्बोधनको क्रममा भने “ चीनले अन्यदेशहरूसँग मिलेर एक खुला , समावेशी, सफा तथा सुन्दर विश्वको निर्माणमा जुट्ने जहाँ शान्ति, ब्रह्माण्डीय सुरक्ष तथा साझा समृद्धि बास गर्छ ।”
खुला विश्व अर्थतन्त्र
चीनको उच्च गुणस्तरीय विकास बृह्तर खुलापनको बाटोबाट मात्र प्राप्त गर्न सकिन्छ, सीले सन् २०१८मा सम्पनन बोआओ फोरम एसियाको वार्षिक सम्मेलनको अवसरमा भनेका थिए ।
सन् २०२०को मे महिनामा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वले नयाँ विकासका ढाँचालाई बलियो पार्न एक रणनीतिक निर्णय गरे । जहाँ घरेलु तथा विदेश बजारहरूले एक अर्कालाई बलियो पार्छ जसमा घरेलु बजार मुख्य अवस्थामा हुन्छ ।
घरेलु बजारलाई मुख्य अवस्थामा राखिरहनुको अर्थ हामीले हाम्रो अर्थतन्त्रको विकास बन्दढोकाले गरेको अर्थ नलाग्नो सीले गत वर्ष जुलाईमा उद्यमीहरूको कार्यशाला गोष्ठीमा सम्बोधन गर्दै भने । घरेलु बजारको सम्भावनाहरूलाई पूर्णरूपमा खेल्न दिएर दुबै घरेलु र विदेशी बजारहरूबीच राम्रो सम्बन्ध कायम गर्न सकिने र त्यसको उपयोग बलियो र तथा दिगो विकासका लागि गर्न सकिने उनले भने । चीनले नयाँ विकासको दर्शनलाई अनुशरण गर्ने, नयाँ विकासको युगलाई बलियो बनाउने र उचच गुणस्तरीय विकासको खोजी सुधार गहिरो गर्दै तथा विश्वका लागि ढोका खोल्दै जाने प्रतिबद्धताप्रति कायम रहेर गर्ने सीले सन् २०२० तेस्रो पेरिस फोरममा भिडियो सम्बोधनमा भने ।
वैश्विक उद्योग तथा आपूर्ति शृंखलाको स्थायित्व कायम गर्न र खुला विश्व अर्थतन्त्रलाई बलियो बनाउन चीनले बाँकी अन्य अन्तर्राष्ट्रिय समुदायसँग काम गर्नेमा उनले जोड दिए ।
सन् २०२०मा सार्वजनिक औपचारिक डेटाका अनुसार चीनले १३८ देशसँग द बेल्ट एन्ड रोड इनसिएटिभसँग जोडिएका २सय सहयोग सम्झौतामा हस्ताक्षर ग¥यो । साथै चीनले २१ स्वतन्त्र व्यापार क्षेत्रको परीक्षण कार्यक्रम स्थापना ग¥यो । सन् २०२०मा चीनको वैश्विक व्यवसायिक वातावरणको ¥याकिङ माथि उक्लेर ३१औं स्थानमा पुग्यो ।
विश्वका नेताहरूसँगको फोन संवादका सीले उच्च गुणस्तरीय बेल्ट एन्ड रोड सहयोगका लागि आह्वान गरे । चीनले आपसी लाभ तथा दुबै जित्ने परिणाम दिनका लागि विभिन्न देशको विकास तथा संरचनाद्वारा यसमा सहभागी हुन सबैलाई स्वागत गरेको विषयलाई जोडका साथ उठाए ।
नवपर्वर्तन चालक शक्ति
नवपर्वर्तन विकास पछाडिको प्राथमिक चालक शक्ति हो । चीनले नवपर्वर्तन चालित बृद्धि खोज्नै पर्छ र उच्च गुणस्तरीय विकास प्राप्त गर्न प्रविधिकोे महत्वपूर्ण तथा चुरो क्षेत्रमा क्रमभङहरू गर्नै पर्छ । सीका यी टिप्पणीहरूलाई चिनियाँ कम्युनिस्ट पार्टीको ध्वजवाहक पत्रिका किउशी जर्नलमा प्रकाशित सीका केही आलेखहरूबाट लिइएका छन् ।
सीले प्रविधि क्षेत्रका नवपर्वर्तनको महान महत्व र अनुसन्धान प्रतिष्ठान, विश्वविद्यालयहरू, कम्पीहरू तथा उच्च प्रविधियुक्त औद्योगि विकास क्षेत्रहरूको भ्रमणको महत्वलाई एकआपसमा जोडेका छन ।
बेइजिङ,संघाई र गुआङदोङ हङकङ मकाउको बृहत खाडी क्षेत्रको निर्माण गरिरहन वैश्विक विज्ञान प्रविधि नवपर्वर्तन केन्द्रहरूमा गरिएको प्रगतिझै मानवसहित अन्तरिक्ष कार्यक्रम तथा चन्द्र अभियानमा प्रगति गरिएको छ । अक्टोबर २०२०मा क्वान्टम विज्ञान तथा प्रविधिको अनुसन्धान तथा कार्यान्वयन सम्बन्धी एक अध्ययन सत्र पार्टी नेतृत्वको सहभागीतामा गरिएको बेला पनि सीले प्रविधि क्षेत्रको नवपर्वर्तनको महत्वमा जोडि दिए । उच्च गुणस्तरीय विकास प्रवद्र्धन गरिरहन र राष्ट्रिय सुरक्षालाई सुरक्षित गरिरन क्वान्टम विज्ञान तथा प्रविधिको विकासको गतिलाई तीव्र पार्नुपर्ने विषयले एक धेरै महत्वपूर्ण भूमिका खेल्छ , सीले सूक्षम विश्वको विकास मानव समुदायका लागि एक महत्वपूर्ण उपलब्धिको रूपमा क्वान्टम मेक्यानिक्समाथि जोड दिँदै भने ।
सोही अवसरमा सीले स्वतन्त्र नवपर्वतनको बाटो अनुशरण गर्ने प्रयासका लागि , प्रविधिको महत्वपूर्ण क्षेत्रमा क्रमभङ्गहरू गर्न , औद्योगि तथा आपूर्ति शृंखलाको सुरक्षा सुनिश्चत गर्न र विज्ञान तथा प्रविधिका लागि अन्तर्राष्ट्रिय जोखिम तथा चुनौतीप्रति प्रतिक्रिया जनाउने चीनको क्षमताको अभिवृद्धि गर्न आह्वान गरे ।
हरित विकास
सीको नेतृत्व्मा चीनले पर्यावरण प्रगतिमा अभूतपूर्व सफलता प्राप्त गरेको छ । ऊर्जा उपभोग जीडीपीको एक एकइको गिरावट २०१५देखि २०१९को बीचमा १३.२ प्रतिशतमा झरेको छ । शहरका बासिन्दाहरूले वर्षमा ८२ प्रतिशत अप्रदुषित हावामा श्वास लिन्छन् । अनि पानको गणस्तर बलियो तहमा सुधार भएको छ ।
१३औं पाँच वर्षे योजनामा निर्धारण गरिएको प्रदुषण नियन्त्रण लक्ष्य पूरा गरिएझै सीले सबै तहका सरकारहरूलाई सफा पानी तथा हरित पहाडहरू अमूल्य सम्पत्ति भएको स्मरण गर्न आग्र गरेका छन ।
सन् २०२०को डिसेम्बरमा सम्पन्न जलवायु महत्कांक्षा शिखर सम्मेलनको भर्चुअल कार्यक्रममा सहभागी सीले अन्तर्राष्ट्रिय परिदृश्यलाई बढी भन्दा बढी गतिमा विकास भइरहेको र मानव तथा प्रकृतिकबीचको सम्बन्धहरूलाई कोभिड–१९ले गहिरोगरी दर्शाएको बताए ।
सीले अन्तर्राष्ट्रिय समुदायलाई हरित सुधारलाई जोडदिने जलवायु सुशासनका लागि नयाँ बाटो खोज्न आग्रह गरे र वैश्विक जलवायु परिवर्तनलाई व्यवस्थित गरिरहन सन् २०३०का लागि चीनका थप प्रतिबद्धताहरूबारे वाचा गरे ।
झन् बढी संयुक्त राष्ट्रसंघको जैविकविविधतासम्बन्धी विषयमा सन ्२०२०मा गरिएको शिखर सम्मेलनमा सम्बाबेधन गर्दै सीले जैविक विविधताको ह्रासको प्रमुख जोखिमहरूबारे र पर्यावरणको ह्रासबारे प्रकाश पारे ।
उनले प्रस्तुत गरेका चार प्रस्तावहरूमा पर्यावरणीय सभ्यतासँग आबद्ध भइरहने तथा सुन्दर विश्व निर्माणको परिचालन बढाउने,बहुपक्षीयतावाद बढाउने तथा वातावारणका लागि वैश्विक शक्ति निर्माण गर्ने, हरित विकासलाई निरन्तरता दिने तथा कोभिड–१९ पछि उच्च गुणस्तरीय आर्थिक सुधारको सम्भावनालाई बढाउने र वातारणका चुनौतीहरूलाई नियन्त्रण गर्न कार्यशक्ति बलियो पार्न देशहरूलाई आग्रह गर्ने विषय प्रस्तुत गरे । साथै उनले वैश्विक महामारी पछि उच्च गुणस्तरीय आर्थिक सुधारलाई बलियो पार्न सीमापार एक आपसमा सहयोग तथा विनिमय अभिवृद्धि गर्ने आवश्यकता हुने विश्वास आफ्नो रहेको बताए ।


















