नेकपाका सांसद प्रतिनिधिसभा बैठकमा सत्तापक्षकै बेन्चमा

91

काठमाडौँ– दुई खेमा विभाजन भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद अबको प्रतिनिधिसभा बैठकमा भने सत्तापक्षकै बेन्चमा बस्ने भएका छन् ।

औपचारिक रुपमा दल विभाजन भइनसकेकाले नेकपाका दुवै खेमा (ओली समूह र प्रचण्ड–नेपाल समूह)लाई सत्तारुढ दल कै बेच्नमा देखिने भएको हो ।

बैठकमा नेकपाका सबै सांसदलाई सत्तापक्षकै बेन्चमा राखिने संसद् सचिवालयले जनाएको छ ।

संसदमा सत्तापक्ष, प्रतिपक्षी र मन्त्रीलाई तीनवटा सेटमा छुट्याइएको हुन्छ। नेकपाका कानूनी रुपमा विभाजन नभएकाले सबै सांसद सत्तापक्षकै बेन्चमा बस्नु पर्ने भएको हो ।

राष्ट्रिय सभाको बैठकमा पनि एकै ठाउँमा बस्ने व्यवस्था गरेको सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here