किसानलाई प्रतिअन्डा करिव तीन रुपैयाँ नोक्सान

180

काठमाडौं – पशुसेवा विभागले अण्डा उत्पादक किसान नोक्सानमा रहेको जनाएको छ । सो विभागको पहलमा पाँच महिना लगाएर अण्डा उत्पादन किसानको उत्पादन लागत मूल्य र बजारीकरण अवस्था अध्ययन गर्दा यस्तो पाइएको हो । अण्डा उत्पादनको लागत मूल्य तथा बजारीकरणसम्बन्धी देशका सातवटै प्रदेशका साना, मध्यम र ठूला व्यावसायिक कुखुरा फार्मको अध्ययन गर्दा अन्डा उत्पादक किसानलाई प्रतिअन्डा झन्डै तीन रुपैयाँ नोक्सान भएको उल्लेख गरिएको छ ।

अध्ययन अनुसार अण्डाको ‘फार्म गेट’ मूल्य आठ रुपैयाँ ६७ पैसा थियो भने अण्डा उत्पादन लागत ११ रुपैयाँ ५३ पैसा थियो । अण्डाको फार्म गेट मूल्य र उत्पादन लागत मूल्यको विश्लेषण गर्दा प्रतिअन्डा किसानलाई दुई रुपैयाँ ८६ पैसा नोक्सान भएको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here