विश्वकै दुर्लभ सेतोे जिराफ शिकारीद्धारा मारियो, अव एउटा मात्र बाँकी

185

एजेन्सी । विश्वकै सबैभन्दा दुर्लभ जिवित सेतो जिराफ शिकारीहरुको हातबाट मारिएपछि वन्यजन्तु संरक्षणका कार्यकर्ताहरुले ठूलो चिन्ता व्यक्त गरेका छन् । यस्तोमा अब सो प्रजातिको एक मात्र भाले जिराफ बाँकी रहको जनाइएको छ जुन मारिएको पोथी जिराफकै सन्तान थियो । मारिनेमा भने पोथी जिराफ र त्यसको सात महिनाको बच्चा रहेको थियो ।

मंगलबार मात्र संरक्षणवादीहरुको टोलीले तिनलाई मृत अवस्थामा फेला पारेको पूर्वी केन्याको इसाबिनी हिरोला संरक्षण समुदायले एक बयानमा भनेको हो । संरक्षण समुदायका म्यानेजर मोहोम्मद एह्मदनुरले भनेका छन्, “यो इजारा समुदाय र पूरै केन्याका लागि अत्यन्तै दुःखद् खबर हो । किनकी सेतो जिराफ संरक्षण गरिरहेको हामी विश्वको एक मात्र समुदाय हौँ । र यो घटनाले दुर्लभ प्रजातिलाई जोगाउने प्रयास अन्र्तगत लिइएका कदम अपर्याप्त भएको देखाउँछ । ” त्यस्तै यसले केन्याको ग्रामीण क्षेत्रमा पर्यटन र रिसर्च उद्योगमाथि पनि प्रश्न उठाएको छ ।

अत्यन्तै दुर्लभ जीवजन्तुको यस्तो मृत्युले दिर्गकालीन क्षति गराउने सम्बन्धी पनि चिन्ता व्यक्त गरिएको छ । किनकी सेतो जिराफले उक्त क्षेत्रमा पर्यटनलाई बढावा दिँदै आइरहेको थियो भने तिनीहरुको जिन सम्बन्धी अनुसन्धानका लागि पनि भारी लगानी गरिएको थियो । २०१७ मा पहिलोपटक सार्वजानिक रुपमा देखा परेपछि उक्त सेतो जिराफबारे विश्वव्यापी चर्चा भएको थियो भने गत अगस्टमा मात्र त्यसले दुईवटा सन्तानलाई जन्म दिएको थियो ।

यसरी जिराफको सेतो रङ भने ‘लेएसिजम’ नामक दुर्लभ अवस्थाका कारण भएको जनाइएको छ । हिरोला संरक्षण कार्यक्रमले २०१७ मा मात्र स्थानीय सामुदायिक संरक्षणकर्ताहरुले जिराफका बारेमा आफूहरुलाई जानकारी गराएको जनाएका थिए । यो भन्दा अगाडि तान्जानियाको राष्ट्रिय निकुञ्जमा मात्र सेतो जिराफ देखा परेको छ ।

तर त्यसपछि सो जीव कुन अवस्थामा छ भन्ने स्पष्ट जानकारी प्राप्त भएको छैन । यस्तोमा केन्याको संरक्षण संस्थाले अब एउटा मात्र सेतो जिराफ बाँकी रहेको र त्यो भर्खर सात महिनाको मात्र भएको दाबी गरेको छ । यसरी जिराफ कन्जरभेसन फाउन्डेसनले अफ्रिकामा मात्र यस जीवको सङ्ख्यामा १९८० पछि तीस प्रतिशतले गिरावट आएको जनाएको छ भने कतिपय स्थानमा ९५ प्रतिशतले जिराफको सङ्ख्या प्रभावित भएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here