विदेशी मुद्रा विनिमय मुद्धा लागेकी महिला ५ वर्षपछि प्रकाउ

119

काठमाडौं । विदेशी मुद्रा विनिमय मुद्दामा ६८ लाख रुपैयाँभन्दा बढी जरिवाना सुनाइएकी एक महिलालाई प्रहरीले ५ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ की ३७ वर्षीया साङ्डोमा शेर्पा हुन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले स्वयम्भूबाट पक्राउ गरेको हो । जिल्ला अदालत सिन्धुपाल्चोकले उनलाई २०७१ साउन २० मा ६८ लाख ६२ हजार ४ सय १३ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । उनलाई फैसला कार्यान्वयनका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको सिआइबीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here