अमेरिकी नागरिकको नेपालमा मृत्यु

94

पोखरा – नेपाल घुम्न आएका अमेरिकी नागरिक मार्क स्कोनि फिल्डको पोखरामा मृत्यु भएको छ । बिहान करिब ९ बजे लेकसाइडको एक होटलमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

७० वर्षीय मार्क बसेकै होटलको कोठामा मृत अवस्थामा फेला परेका थिए । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार उनको पासपोर्ट नम्बर ५९५६२४७१२ रहेको छ । उनी पोखरा महानगरपालिका ६ डिहिकोपाटन स्थित भिलेज इन होटलमा ७ दिनदेखि बस्दै आएका थिए । उनको शवलाई स्वदेश फिर्ता पठाउने तयारी भइरहेको प्रहरीको धारणा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here