विश्वभर काेराेनाकाे संक्रमण दुई लाख नाघ्यो

143

एजेन्सी – काेराेनाकाे संक्रमण दुई लाख नाघेको छ। बुधवार दिउँसोसम्म काेराेनाबाट विश्वभर संक्रमण हुनेको संख्या दुई लाख एक हजार ६ सय ३४ पुगेको जोन हकिन्स विश्व विद्यालयको पछिल्लो तथ्यांकमा उल्लेख छ।  जसअनुसार संक्रमित हुनेहरुमा ८१ हजार १०२ जना चीनबाट छ। त्यस्तै इटालीबाट ३१ हजार ५०६ जना संक्रमित रहेका छन्।

त्यस्तै इरानबाट १६ हजार १६९ र स्पेनबाट १३ हजार ७१६ जना संक्रमित भएको बताइएको छ। जर्मनीमा ९ हजार ८७७ र दक्षिण कोरियामा ८ हजार ४१३ जना संक्रमित भएका छन्। फ्रान्समा सात हजार ६९६, अमेरिकामा ६ हजार ४९६ जना संक्रमित हुँदा स्वीट्जरल्याण्डमा दुई हजार सात सय, युकेमा एक हजार ९६१ र नेदरल्याण्डमा एक हजार ७१० जना संक्रमित भएका छन्।

काेराेनाकाे  संक्रमणबाट चीनको हुवेइमा तीन हजार एक सय २२ जनाको मृत्यु भएको छ। त्यस्तै दुई हजार ५०३ जनाको इटालीमा मृत्यु भएको छ। इरानमा ९८८, स्पेनमा ५५८, फ्रान्समा १४८ जनाको मृत्यु भएको छ।

यसैगरी विश्वभर ८२ हजार ३० जनामा कोभिड(१९ को उपचार भइसकेको छ। जसमध्ये चीनको हुवेइ प्रान्तमा मात्र ५६ हजार ८८६ जनाको उपचार सफल भएको छ। इरानमा पाँच हजार ३८९ जना उपचार पछि फर्किएका छन्। इटालीमा २ हजार ९४१ जनाको उपचार भइसकेको छ। कोरियामा १ हजार ५४० जनाको उपचार सम्पन्न भएको तथ्यांकमा उल्लेख छ।

काेराेनाकाे आउटब्रेक इपिसेन्टर चीनको हुवेइ प्रान्तमा सात हजार सात सय ९२ जना काेराेनाका एक्टिभ केसहरु बाँकी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here