वाणिज्य महासंघद्वारा सरकारलाई १० हजार थान मास्क हस्तारण

120

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारलाई दस हजार थान मास्क र तीन सय थान पर्सनल प्रोटेक्सन इक्वीप्मेन्ट (पीपीई) प्रदान गरेको छ ।

अाज बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित एक कार्याक्रममा महासंघकी अध्यक्ष भवानी राणाले उक्त सामाग्री उद्योग मन्त्री लेखराज भट्टलाई हस्तान्तरण गरेकी हुन् ।

सहयोग सामाग्री हस्तान्तरण गर्दै महासंघकी अध्यक्ष भवानी राणाले कोरोना रोकथामको सरकारी अभियानमा निजी क्षेत्रको साथ सधैं रहने जनाइन् ।

महासंघले प्रदान गरेको सहयोग सामाग्री बुझ्दै उद्योग, वाणिज्य तथा मन्त्री लेखराज भट्टले संकटको समाना गर्न सबै पक्ष एक ठाउँमा उभिनुपर्ने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here