सेलपे सेवाले “2020-S20 Offer” योजना सुरु

189

काठमाडौं / नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले नयाँ योजना “2020-S20 Offer” आफ्नो ग्राहकहरुका लागि सुरु गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले लक्की ड्र मार्फत कुनै एक भाग्यसाली विजेताले एउटा नयाँ Samsung Galaxy S20 जित्ने मौका पाउनेछन्  यो योजना चैत्र ७ गते देखि चैत्र २७ गते सम्म लागु हुनेछ ।

यस योजनामा सेलपेका ग्राहकहरुले न्युनतम रु. २० को कुनै पनि कारोवार रिचार्ज, युटिलिटी पेमेन्ट, P2P Fund transfer (मर्चेन्ट भुक्तानी बाहेक)गरे, लक्की ड्र को लागि एउटा कोड नं. पाउनेछन्, सो कोड नं. लक्की ड्र को लागि छनोट हुनेछ र सोही कोडहरुबाट लक्की ड्र मार्फत कुनै एक भाग्यसाली ग्राहकले एउटा नयाँ Samsung Galaxy S20 Offer जित्ने मौका पाउनेछन् ।

यस्का कसाथै ७ जना भाग्यसाली ग्राहकहरुले हरेक हप्ता Payless, Address lounge र X-Age बाट विभिन्न उपहारहरु पाउनेछन् । यो योजना नयाँ तथा पुराना दुबै ग्राहकहरुको लागि लागु हुनेछ जस्मा नयाँ ग्राहकहरुले सेलपे एप्प डाउनलोड गरेर आफ्नो बैंक खाता लिंक गरे पस्चात न्युनतम रु. २० को कुनै पनि कारोवार रिचार्ज, युटिलिटी पेमेन्ट, P2P Fund transfer  (मर्चेन्ट भुक्तानी बाहेक)को कारोवार गरी यस योजनामा सहभागी हुन पाउनेछन् ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ :

  • बास्तविक समयमा भुक्तानी
  • बिना वालेट कारोबार गर्न सकिने
  • सुरक्षित
  • मर्चेन्ट् शुल्क नलाग्ने
  • लोयल्टी पोइन्टस

सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, P2P, P2B, B2P, B2B आदि वास्तविक समयमा गर्न सकिन्छ । यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।

सेलपे एप्प डाउनलोड गरी आजै आफ्नो बैंक खाता लिंक गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here