कोरोना विरुद्ध अभियानमा विशाल ग्रुपको एक करोड सहयोग

74

काठमाडौं – विशाल ग्रुपअन्तर्गतको भीजी फाउन्डेसनले कोरोना भाइरसविरुद्धको विशाल ग्रुपको अभियानमा एक करोड सहयोगको घोषणा गरेको छ। फाउन्डेसनले संकटविरुद्धको सरकारी अभियानलाई मद्दत गर्दै आवश्यक उपकरण तथा सावधानीका सामग्री उपलब्ध गराउन एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो।

भीजी फाउन्डेसनले अब एन ९५ मास्क, स्यानिटाइजर, संक्रमितको उपचारका क्रममा प्रयोग हुने पर्सनल प्रोटेक्सन इक्विपमेन्ट ९पीपीई०, इन्फ्रारेड थर्मोमिटर र अन्य स्वास्थ्य सामग्री आपूर्ति गरेर नेपालका विभिन्न स्वास्थ्य केन्द्रमा उपलब्ध गराउन अन्तर्राष्ट्रिय आपूर्तिकर्तासँग सहकार्य गरिरहेको छ ।

‘संकटविरुद्ध लागि रहेका स्वास्थ्यकर्मी र यसको प्रभाव भोगिरहेकालाई सहयोग गर्न प्रतिवद्ध सबै सहकर्मीप्रति विशाल ग्रुप धेरै गर्व गर्छ, आशा छ हाम्रो यो सहयोगले स्वास्थ्यकर्मी र सर्वसाधारणलाई केही राहतदिनेछ,’ विज्ञप्तपी भनिएको छ

कोरोना भाइरसकको त्रास सुरु भएपछि भीजी फाउन्डेसनले वीर अस्पताल, थापाथली अस्पताल ९प्रसूति गृह० र कान्तिबाल अस्पतालमा ह्यान्ड स्यानिटाइजर र सर्जिकल मास्क वितरण गरेको थियो ।

यो विषम परिस्थितिमा भीजी फाउन्डेसनले आफ्नो स्रोत र सीपको माध्यमबाट मुलुकलाई सहयोग गर्न प्रतिबद्ध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here