काठमाडौं – कोरोना बिरुद्धकाे अभियानमा जनचेतना जगाउन कामपा वडा नं १४ ले बिशेष अभियान थालेकाे छ ।
वडा अध्यक्ष श्रीमति शाेभा सापकाेटाले एक बिज्ञप्ति जारी गर्दै सरकारकाे लक डाउन अभियानलाई सघाउन वडाबासीहरुमा अपिल गर्नु भएकाे छ ।
वडा कार्यालयले दैनिक राेजगारीबाट गुजारा चलाउँदै आएका अार्थिक अवस्था बिपन्न भएका वडावासी नागरिकहरुकाे पहिचान गरी नाम र माेबाईल नम्बर वडा कार्यालयमा उपलब्ध गराउन पनि वडावासी सबैमा अनुराेध गरिएकाे छ ।
सम्पर्कका लागि उडाध्यक्ष लगायत सबै वडा सदस्यहरुकाे माेबाईल नम्बर पनि बिज्ञप्तिमा दिईएकाे छ । यसैबीच वडा कार्यालयले १४ नं वडामा १५० जना बिपन्न नागरिकहरुकाे नामावली संकलन गरी उनीहरुलाई चामल र दाल सहयाेग उपलब्ध गराउने तयारी गरेकाे जानकारी पनि वडाध्यक्ष सापकाेटाले गराउनु भएकाे छ ।



















