कोभिड-१९ विरूद्व लड्न समाजवादीले कोषमा १० लाख दिने

86

काठमाडौं – समाजवादी पार्टी नेपालले कोरोना भाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा आफ्नो तर्फबाट एकमुस्ट १० लाख रुपैयाँ प्रदान गर्ने जनाएको छ ।

सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी गरी पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने सांसद तथा जनप्रतिनिधिको आधा महिनाबराबरको तलब तथा पार्टी कार्यकर्ता तथा शुभेच्छुकको सहयोगसमेत गरी एकमुस्ट १० लाख रुपैयाँ रकम दिने जानकारी दिएका हुन् ।

अध्यक्ष यावदले विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट प्राप्त सहयोगको सदुपयोगको प्रबन्ध मिलाउनसमेत र विशेष स्थितिमा उच्च सतर्कता अपनाउन चालु आर्थिक वर्षको राज्यको सञ्चित कोषबाट खर्च गर्न पनि आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here