कैलाली – धनगढीका ३४ वर्षीय एक युवामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि धनगढी आसपासका गाउँहरुमा स्थानीयले नै कडाइ गर्न थालेका छन् । उनीहरुले सडक बन्द गरी लकडाउनको पालना गर्न अनुरोध समेत गरिरहेका छन् । गाउँघरमा अपरचित मानिसहरु आए स्थानीयले प्रवेश निषेध गरेका छन् भने सडकमा काठहरु राखेर आवजावत बन्द गरेका छन् ।
यो सडकबाट भारतीय सीमा क्षेत्रमा रहेका चोर नाका हुँदै दैनिक ५० जना भारतीय र नेपाली आवतजावत गर्ने गरेपछि रोग संक्रमण हुनबाट बच्न आफूहरुले बाँध्य भएर कडाइ गर्नुपरेको उनले भने ।
कोरोना भाइरसका विरामीको पुष्टि भएपछि सवै टोलबासी मिलेर बाटो बन्द गरेका छौं’’, राना टोलका अर्का स्थानीय साबु रानाले जनाएका छन् । लकडाउनको पालना र संक्रणवाट जोडिन सडक बन्द गरिएको उनले जनाए ।
भारतवाट राजघाट गाउँमा धेरै मानिसहरु आएका छन् तर उनीहरुलाई क्वारेन्टाइनमा समेत राखिएको छैन । आजभोलि धनगढीका आसपासका धेरैजसो क्षेत्रहरुमा कडाइ थालिएको जनाइएकाे छ ।
चैत्र ११ गते सेति प्रादेशिक अस्पतालको आईसोलेसनमा भर्ना भएका युवकमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि धनगढी आसपासका क्षेत्रहरुमा कडाइ थालिएको हो । त्यसैगरी आज भारतवाट चोरबाटो हुँदै नेपाल प्रवेश गरेका ८ जनालाई कैलाली प्रहरीले नियन्त्रणमा लिएको छ ।


















