कोरोनाका कारण चिनियाँहरूविरुद्धको घृणास्पद अभिव्यक्ति ९०० प्रतिशतले बढ्यो

218

एजेन्सी – विश्वभर कोरोनाभाइरस फैलिएपछि चीन तथा चिनियाँहरूप्रतिको घृणास्पद अभिव्यक्ति ट्विटरमा ९०० प्रतिशतले बढेको एक नयाँ प्रतिवेदनले खुलासा गरेको छ ।

एल१ग्ट नामक कम्पनीले अन्लाइनमा अभिव्यक्त हुने घृणाको मापन गर्ने गर्छ र उसले भाइरस फैलिएपछि चीनप्रतिको घृणा ट्विटरमा बढेको पाएको छ  ।

अमेरिकाका विभिन्न अधिकारवादी समूह, अभियन्ता र राजनीतिकर्मीहरूले चिनियाँ मूलका मानिसप्रति घृणास्पद व्यवहारमा वृद्धि भएको बताइरहँदा यो खुलासा भएको हो ।

एल१ग्टले लाखौं वेबसाइट, सामाजिक सञ्जाल, किशोरले च्याट गर्ने फोरम र गेमिङ साइटलाई डिसेम्बर २०१९ देखि अहिलेसम्म विश्लेषण गरेर घृणास्पद अभिव्यक्ति, साइबर बुलिइङ र अन्लाइनमा विषाक्तता पत्ता लगाएको हो । उसले अडियो, भिडियो तथा टेक्स्टहरूको विश्लेषण गरेको हो ।

डिसेम्बर २०१९ मा चीनको वुहानमा कोरोनाभाइरस संक्रमण शुरू भएर संसारका सबै कुनामा पुगेको छ ।  विगत एक महिनादेखि धेरै देशले लकडाउन लगाएपछि लाखौं मानिस घरैमा बस्न बाध्य भएका छन् ।

 

घरैमा बसेर इन्टरनेट चलाउँदै मानिसहरूले चीनविरुद्ध विषवमन गरिरहेको अध्ययनमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here