सिटिजन्स बैंकका सेवा सातै प्रदेशमा निरन्तर

76

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेशनले लकडाउनको अवधिमा पनि ग्राहकको सुविधाका लागि अत्यावश्यक सेवालाई निरन्तरता दिएको छ ।

राष्ट्र बैंकले अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु सुचारु गर्न यस अघिनै निर्देशन दिएबमोजिम बैंकले पनि यी सम्पूर्ण सेवा दिइरहेको जनाएको हो ।

बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ्ग सेवा दिँदै आएको जनाएको छ । कुन शाखा कति बजेबाट खुल्ने भन्नेबारे पनि आफ्नो वेवसाइटमा हरेक दिन जानकारी राख्ने गरेको छ । बैंकले संचालनमा ल्याएका सबै एटीएममा हरेक दिन जसो पैसा जम्म गर्ने गरेकाले ग्राहकहरुलाई रकमको अभाव नहुने जनाएको छ ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here