कोरोनाबाट सोमालियाका पूर्वप्रधानमन्त्रीको निधन

71

एजेन्सी – विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमण (कोभि-१९) बाट सोमालिया पूर्वप्रधानमन्त्रीको निधन भएको छ।

पूर्वप्रधानमन्त्री नूर हसन हुसेनको कोभिड-१९ बाट मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्।

कोभिड-१९ देखिएपछि हुसेन बेलायतको ‘लन्डन अस्पताल’मा भर्ना भएका थिए। कोभिड-१९ देखिएको पाँच दिनपछि उनको मृत्यु भएको हो। उनी अहिले ८३ वर्षका थिए।

सोमालियामा सन् २००७ को नोभेम्वरदेखि २००९ को फेव्रुअरीसम्म उनी प्रधानमन्त्री थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here