कैलाली – प्रहरीले विदेशबाट सुदूरपश्चिम प्रदेशअन्तर्गतका जिल्लामा फर्किएका व्यक्तिहरूको खोजी थालेको छ ।
यही चैत ४ गते कतार एयरवेजबाट एक सय ५८, ६ गते एयरअरेवियाबाट एक सय ७० र चैत ७ गते भारतीय विमानबाट एक सय ३० जना यात्रु नेपाल आएका थिए । उनीहरूमध्ये चार जनामा कोरोना पोजेटिभ देखिएको छ ।
‘विदेशबाट आएका धेरै हाम्रो सम्पर्कमा आइसकेका छन्,’ उनले भने, ‘केही अझै सम्पर्कमा छैनन् । उनीहरूको खोजी भइरहेको छ ।’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले विदेशबाट आएकाहरूको खोजी तीब्र पारिएको जनाए ।


















