एजेन्सी – भारतमा पुच्छरसहितको एक शिशुको जन्म भएको छ । भारतको राज्य उत्तर प्रदेशको नोयडास्थित एक अस्पतालमा पुच्छरसहितको शिशुको जन्म भएपछि हेर्ने मानिसको भीड लागेको छ ।
पुच्छरले बच्चालाई कुनै पनि प्रकारको स्वास्थ्यमा खतरा नगर्ने र बच्चालाई पछि शल्यक्रिया गरेर अतिरिक्त मासुको टुक्रा हटाउन मिल्ने डाक्टरले जनाएका छन् । पुच्छरले बच्चाको जीवनमा कुनै प्रभाव नपर्नेसमेत उनले थपे ।अस्पतालका कर्मचारी तथा त्यस ठाउँका अन्य मानिसहरु बच्चा हेर्नका लागि आउन थालेपछि चिकित्सकहरूले बच्चा स्वास्थ्य भएका कारण पनि बच्चासहित माता–पितालाई घर पठाएका छन् ।
















