संकटमा भ्रष्टाचार हुनु दुर्भाग्यपूर्ण : रामचन्द्र पौडेल (भिडियोसहित)

100

काठमाडौं – प्रमुख प्रतिपक्षी दलनेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताको विषयमा छानविनको माग गरेका छन् । उनले यो प्रकरणमा जोसुकै दोषी भएपनि छानबिन गरेर कारबाही गर्नुपर्ने माग राखे ।

शुक्रबार आफ्नो फेशबुक पेजमार्फत लाईभ आएर नेता पौडेलले यस्तो माग गरेका हुन् । संकटको बेलामा स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार हुनु दुर्भाग्यपूर्ण भन्दै पौडेलले चीनमा कोरोनाको संक्रमण देखिएकै अवस्थाबाट किन सरकारले प्रयाप्त तयारीमा नलागेको भनि प्रश्न गरे । पौडेलले भ्रष्टाचारका कारण सरकारमा जनताप्रतिको सेवाभाव हराएको  जनाउदै  भ्रष्टाचारबाट पैसा जम्मा गरेर त्यही पैसाका भरमा चुुनाव कब्जा गर्ने मनोवृति देखिएको समेत  जनाए । 

उनले स्वास्थ्य सामाग्री खरिदमा सरकारमा रहेका मन्त्रीहरु जी टु जी मार्फत खरिद संभव नहुने बताउने तर मन्त्रीपरिषदले त्यही निर्णय गरेर आम मान्छेमा दुविधा बनाएको पनि टिप्पणी गरेका छन् । उनले यो सवै दुविधा कतै स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचार ढाकछोपका लागि त होइन भन्ने शंका समेत व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here