पोखरामा कोरोना संक्रमित भेटिएको छैन : प्रवक्ता डा देवकोटा

150

काठमाडौं– नेपालमा हालसम्म ६ जनामा मात्र कोरोना भाइरसको संक्रमण भेटिएको छ। छैटौं संक्रमित बिरामीको विषयमा बिहीबार जानकारी दिइएको हो।  शुक्रबार थप नयाँ संक्रमित नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।

मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा डा देवकोटाले हालसम्म नेपालमा ६ जनामा मात्र संक्रमण देखिएको जानकारी दिएका हुन्।  पोखरामा नयाँ संक्रमित भेटिएको भन्ने गलत हल्ला चलेको थियो। डा देवकोटाले पोखरामा पोजेटिभ केस नदेखिएको जानकारी दिएका हुन्।

डा देवकोटाका अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २ जना, बागलुङस्थित धौलागिरी अस्पतालमा २ जना र एक जना धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा १ जनाको उपचार भइरहेको छ। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

पहिलो संक्रमित भने उपचारपछि निको भइसकेका छन्। नेपालमा हालसम्म ३ जना महिला र ३ जना पुरुषमा संक्रमण देखिएको छ।  अहिले  देशभर १२० जना व्यक्तिहरु आइसोलेसनमा रहेको पनि जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here