एनआईसी एशिया बैंकको नेप्सेेेमा बोनस शेयर समायाेजन

75

काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बोनस शेयरमा मूल्य समायोजन भएको छ । बुधवार कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थबुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले १९ प्रतिशत बोनस शेयरको समायोजनपछि कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू५८६ तोेकेको छ । नेप्सेले अघिल्लो कारोबार दिन अर्थात मंगलवारको अन्तिम कारोबार मूल्य रू ६९७ को आधारमा मूल्य समायोजन गरेको हो ।

यसैगरि , बैंकको कार्तिक २६ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको २३औं वार्षिक साधारण सभा मंसिर २१ गते आइतबार बैंकको रजिष्टर्ड कार्यालय, थापाथली काठमाडौंमा भर्चुअल माध्यमबाट गर्ने जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here