काठमाडौं- शुक्रबार देशभर १ हजार ७ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार २ सय ३६ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १० हजार ६ सय ७१ पुगेको छ।
साथै देशभर १७ हजार २ सय ३७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएका छन् भने करिव २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ४ सय ३५ जना संक्रमितको मृत्यु भइसकेको छ।
यसका अलावा १० हजार ४ सय ६० जनाको पिसिआर परीक्षण भएको छ।
















