कोरोना नियन्त्रण कोषमा २२ बैंकहरुको २५ करोड ४० लाख सहयोग

78

काठमाडौं-नेपाल सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २२ वटा वाणिज्य बैंकहरुले २५ करोड ४० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। कतिपय बैंकहरुले राष्ट्रिय वाणिज्य बैंकमा रहेको कोरोना कोषको खातामा पैसा जम्मा गरिसकेका छन्।

हालसम्म २७ वटा वाणिज्य बैंकमध्ये २२ वटाले सहयोगको घोषणा गरेको र ५ वटा पनि घोषणा गर्ने क्रममा रहेको नेपाल बैंकर्स संघले जनाएको छ। नेपाल राष्ट्र बैंकले बैंकहरुसँग कोरोना कोषमा पैसा जुटाउन यस्तो रकमलाई सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च भएको भनेर देखाउन सकिने व्यवस्था गरेको छ।

 

सरकारले कोषमा पैसा जुटाउन सम्पूर्ण सरकारी नाफामूलक निकाय, संस्थान, वित्तीय संस्थाहरुलाई अनिवार्य सहयोगको लागि अपौचारिक तथा अनौपचारीक उर्दी लगाउँदै आएको छ।

बैंकहरुले लक डाउनको अवधिमा पनि चैत ७ गतेदेखि इन्टरनेट, मोबाइल बैंकिङलगायतका विभिन्न विद्युतीय माध्यमबाट गरिने कारोबार तथा नेपालभित्र कुनै पनि एटिएम  प्रयोग गरे बापत लाग्ने शुल्क स्वयं व्यहोर्दै आएका छन्। नेपाल राष्ट्र बैंकबाट चैत १६ गते जारी गरिएको निर्देशनअनुसार चैत महिनामा भुक्तानी हुने व्याज रकममा १० प्रतिशत छुट दिने व्यवस्था गरिए अनुसार बैंकहरुको व्याज आम्दानी करोडौं रुपैयाँले घटेता पनि ऋणीहरुलाई सहयोग गर्ने बैंकहरुले जनाएका छन्।

चैतको किस्ता आषाढमा तिर्न सकिने व्यवस्थाले बैंकहरुहरुको खर्चको भार थपिनेछ। यस्तो अवस्थामा पनि ऋणीहरुलाई राहत पुग्ने बैंकर्स संघले जनाएको छ। यस विषम परिस्थितिमा बैंकहरु आफैं एक पीडित क्षेत्र हुनुका बावजुद मुलुकको अर्थतन्त्रलाई टेवा दिन तथा सर्वसाधारणहरुको हितका लागि योगदान तथा सहयोग गर्ने संघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here