कोरोना संक्रमित संख्या १० लाख भन्दा बढी, मृतकको संख्या बढ्दै

70

एजेन्सी – चीनको उहान शहरबाट शुरु भएको कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५३ हजार ६९ पुगेको छ । पछिल्लो विवरणअनुसार संंसारभरि १० लाख १६ हजार १२८ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । यस्तै हालसम्म २ लाख ११ हजार जना ६१५ जना रिकभर भइसकेका छन् ।

पछिल्लो समयमा अमेरिका, इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ । उक्त देशहरुमा दैनिक सयौं मानिसहरुको मृत्यु भइरहेको छ । अमेरिकामा हालसम्म २ लाख ४५ हजार १७५ जनामा कोरोनाको संक्रमण देखिएको छ । त्यहाँ ६ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । यस्तै,  इटालीमा १ लाख १५ हजार २४२  कुल सङ्क्रमित भएका छन् भने, तेह्र हजार ९१५ को मृत्यु भएको छ । यसैबीच १८ हजार २७८ निको भएर फर्किएका छन् । स्पेनमा १ लाख १२ हजार ६५ जना कुल सङ्क्रमित भएका छन् भने, १०  हजार ३४८ को मृत्यु भएको छ ।

हालसम्म आउँदा नेपालमा पनि ६ जनालाई यसको संक्रमण देखिएको छ । त्यस मध्ये एक जना निको भइसकेका छन् भने अन्य उपचारत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here