काठमाडाैं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपाललाई पहिलो चरणमै कोरोनाभाइरसको महामारी रोक्न सचेत गराएको छ । यदि पहिलो चरणमै संक्रमण फैलिनबाट रोक्न नसके नेपालमा महामारी फैलिन सक्ने उसको चेतावनी छ ।
नेपालमा हालसम्म तीनवटा कोरोना संक्रमित केस देखिएको छ । तीनवटै केस विदेशबाट आएका छन् । नेपालमै भने कोरोना संक्रमित अहिलेसम्म पाइएको छैन । सोही कारण डब्लुएचओले पहिलो चरणमै कोरोनाको संक्रमण रोक्न नेपाललाई विशेष आग्रह गरेको हो ।
इटाली, स्पेन र भारतमा देखिएको लापरबाहीले कोरोना भाइरस चरण चरणमा प्रवेश गरेको उसको ठहर छ । विदेशबाट आएकाबाट पहिलो चरणमा फैलिएको कोरोना भाइरसलाई फैलिएको आधारमा विश्व स्वास्थ्य संगठनले चार चरणमा वर्गीकरण गरेको छ ।
पहिलो चरणबिदेशबाट आएकाहरूमा मात्र कोभिड-१९ पोजिटिभ देखिएकोमा दोस्रो चरणमा उनीहरूको आफन्त वा उनीहरूको सम्पर्कमा भएकाहरूमा मात्र देखिएको थियो । तेस्रो चरणमा भने कहिँ कतै नगएका र विदेशबाट आएकाहरूको सम्पर्कमा पनि नरहेकालाई कोरोना पोजिटिभ देखिने चरणमा पुग्ने जनाइएकाे छ ।

















