कोरोनाकाे संक्रमणबाट बचाउन प्रहरी बने भूत

81

एजेन्सी – कोरोना भाइरस विश्वभर अहिले  महामारीको रुपमा फैलिएको छ ।

कोरोना भाइरस संक्रमणबाट बच्न सामाजिक दूरी कायम राख्न विश्व स्वास्थ्य संगठनले अपील गरेको छ । विभिन्न देशरुले लकडाउन समेत गरेका छन् । मानिसहरुलाई घर भित्रै बस्न आह्वान गरिएको छ ।

भारतमा पनि कोरोना संक्रमण  फैलिरहेकाले २१ दिन लामो लकडाउन लगाइएको भएपनि मानिसहरु सडकमा निस्किइरहेका छन् । मानिसहरु लकडाउनको समयमा पनि बाहिर निस्किएपछि प्रहरीले उनीहरुलाई रोकन विभिन्न उपाय अपनाइरहेको छ ।

बाहिर निस्कने मानिसलाई कहिले प्रहरीले लड्डी प्रहार गरिरहेको भिडियो सार्वजनिक हुन्छ त कहिले माइकिङ गरिरहेको छ ।

पछिल्ला पटक एउटा भिडियो भाइरल बनेको छ । उक्त भिडियोमा भूतको आकृति भएका कपडाहरु लगाएका प्रहरीहरुले मानिसहरुलाई बाहिर ननिस्किन भन्दै चेतावनी दिइरहेका छन् ।

विशेषगरि बालबालिका माथि त्यसको प्रभाव पर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतको इन्दौरस्थित विजयनगर प्रहरीले भूतको आकृतिका कपडा लगाएर मानिसमा कोराना बारेको जनचेता जगाइ रहेको भिडियो सार्वजनिक भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here