कालाेबजारी गरिरहेकाे अवस्थामा काउन्सलर सुलभ अग्रवाल पक्राउ

237

काठमाडाैं –  महानगरीय अपराध महाशाखाकाे विशेष टाेलीले मंगलबार ६७ थान थर्माे गन प्रतिगाेटा १५ हजारका दरले १० लाख रूपैयाँमा बेच्न कुटनीतिक गाडीमा आएका  किर्गिस्तानका लागि नेपालका अनररी काउन्सलर सुलभ अग्रवाललाइ पक्राउ गरेकाे छ ।

प्रहरीले कुटनीतिक नम्बर प्लेटकाे २०९–एचसीसी–१ नम्बरकाे गाडीमा ज्वराे नाप्ने यन्त्रकाे कालाेबजारी गरिररहेकाे अवस्थामा अग्रवाललाइ पक्राउ गरेकाे हाे । उनका साथबाट ६७ थान थर्माे गन समेत बरामद भएकाे छ ।

प्रहरी उच्च स्राेतका अनुसार जगदम्बा सिमेन्ट, जगदम्बा छड र धागाे उद्याेगका मालिक समेत रहेका अग्रवाललाइ नक्साल क्षेत्रबाट नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here