काेभिड १९ बाट अमेरिकी लोकगायक प्राइनको निधन

76

एजेन्सी –  प्रतिष्ठित ग्रामी अवार्ड विजेता अमेरिकन लोकगायक जोन प्राइनको कोरोना भाइरसकका कारण निधन भएको छ। प्राइनको ७३ वर्षको उमेरमा मंगलबार निधन भएको हो।

गायक प्राइन भाइरसको संक्रमणको लक्षण देखिएपछि गत मार्च २६ मा अस्पताल भर्ना भएका थिए।

सन् १९४६ अक्टोबरमा जन्मिएका गायक प्राइन १४ वर्षको उमेरबाटै संगीतसँग जोडिएका थिए। उनको औपचारिक सांगीतिक यात्रा भने सन् १९७० को दशकबाट मात्र तय भएको थियो। आफ्ना दाजु डेभिटसँग गिटार बजाउन सिकेसँगै प्राइनले सांगीतिक करियरसँग निकटता बनाएका थिए।

उनले सन् १९७१ मा गायनमा डेब्यु गरेका थिए, जसबाट प्राइनले अधिकांश दर्शकहरूको प्रशंसा प्राप्त गरेका थिए। सन् १९६६ मा भियतनाम युद्धका समय अमेरिकी सेनामा कार्यरत प्राइन घर फर्किएपछि संगीतमै समर्पित भए, जसले उनी सिकागो सहरमा लोकगीतको पुनरोत्थान अभियन्ताका रूपमा स्थापित थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here