मकरबहादुर हमालको संयोजकत्वमा आपतकालीन राहत कोष स्थापना

111

काठमाडाैं – पोर्चुगलमा अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालको संयोजकत्वमा जनचेतना समितिमार्फत आपतकालीन राहत कोष स्थापना गरिएको छ ।

विपद्का बेला प्रवासमा रहेका नेपालीलाई मध्यनजर गर्दै समिति गठन गरिएको हो। समितिले आपतकालीन राहत कोष स्थापना गर्ने, समस्यामा परेकालाई राहत उपलब्ध गराउने, नेपालीमाझ कोभिड–१९ सम्बन्धी आवश्यक चेतना फैलाउने र सङ्क्रमित नेपालीहरुको तथ्याङ्क सङ्कलन गर्नेछ।

बैठकले गठन गरेको जनचेतना समितिको सदस्य सचिवमा गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष तिलक गैरे रहेका छन्। यसका साथै समितिले गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष तथा पूर्व तथा वर्तमान आइसीसी सदस्य, पोर्चुगलस्थित सबै सङ्घसङ्गठनका प्रमुख, व्यापारी एवं समाजसेवीसहितको मूल समितिसमेत निर्माण गर्ने  जनाइएकाे छ । राससबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here