कोरोना कोषमा यती समूहकाे १ करोड रुपैयाँ सहयोग

67

काठमाडौं – सरकारले कोरोना भाइरसविरुद्ध लड्न स्थापना गरेको कोषमा यती समूहले १ करोड रुपैयाँ सहयोग गरेको छ । कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा यतीका लगानीकर्ताले सो रकम प्रदान गरेका हुन् ।

यती समूहका लगानीकर्ताहरूका तर्फबाट अध्यक्ष लाक्पा सोनाम शेर्पाले १ करोड रुपैयाँको चेक प्रदान गरे ।

समूहले नेपाली जनताको जीवन रक्षाका लागि चालिएको सरकारको यस कदमलाई साथ दिनु आफ्नो कर्तव्य ठान्दै रहयोग गरेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here